NETAA Activities
Posted on: 2013-08-15 17:11:25
साउन ३२, काठमाडौं – तामाङ कलाकारहरुको छाता संगठन नेपाल तामाङ कलाकार संघको छैठौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन आगामी भदौ ६ गते हुने भएको छ । प्रत्येक २-२ वर्षमा अधिवेशन गर्ने संघको विधान अनुरुप तेस्रो अधिवेशन आयोजना गर्न लागिएको महासचिव तुलसा वाइबाले जानकारी दिएका छन् ।
News
Posted on: 2013-08-15 17:18:33
साउन २६, काठमाडौं - यस वर्षको 'तामाङ मिडिया अवार्ड' गोरखापत्र दैनिकका शिवा तामाङ र रेडियो गण्डकी, कास्कीका प्रविणा गोलेलाई प्रदान गर्ने भएको छ । तामाङ सन्चार समूहले प्रत्येक वर्ष तामाङ प्रशारण दिवसको अवसरमा यो अवार्ड प्रदान गर्दै आएको छ।
Posted on: 2013-07-01 12:23:02
१६ असार, काठमाडौं - तामाङ भाषाको रेडियो कार्यक्रम 'नाङ्सल' ले नियमित प्रशारणको १४ वर्ष पूरा गरेको छ । काठमाडौं महानगरपालिकाद्धारा सन्चालित मेट्रो एफएमबाट यो कार्यक्रम दैनिक प्रशारण हुँदै आएको छ ।